एमसीसीविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राजदूतको चेतावनी : हिंसा अस्वीकार्य – Nepal Press

एमसीसीविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राजदूतको चेतावनी : हिंसा अस्वीकार्य

काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भैरहेको प्रदर्शन र विवादलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ ।

राजदूत र्‍यान्डी जे बेरीले ट्वीटरमार्फत हिंसा र हिंसालाई प्रोत्साहन गर्ने खालका गतिविधि अस्वीकार्य हुने चेतावनी समेत दिएका छन् ।

उनी लेख्छन्, ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौं । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व हो र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु साझा गर्न अनुमति दिनुपर्छ । हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य कदापी स्वीकार्य छैन ।’

दूतावासको सामाजिक संजाल ह्यान्डलहरुबाट सार्वजनिक एक पोस्टमा समेत एमसीसीलाई लिएर भैरहेका विवादलाई ‘प्रपोगान्डा’को रुपमा टिप्पणी गरिएको थियो । अमेरिकी कूटनीतिज्ञले यस्तो खाले असन्तुष्टि व्यक्त गरेको यो पहिलोपटक भने होइन ।

फतिमा सुमार, डोनाल्ड लूदेखि राजदूत बेरीसम्मले पटक-पटक एमसीसी विवादलाई लिएर असन्तुष्टि जनाइरहेका छन् । यसैसाता अमेरिकी दूतावासले मिडिया र सूचनाको तथ्यजाँचबारे एक भर्चुअल छलफल कार्यक्रमको समेत आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर