भारत र अमेरिकासहित कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय (भिडिओ) – Nepal Press

भारत र अमेरिकासहित कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय (भिडिओ)

काठमाडौं । सरकारले ११ देशका राजदुन फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भारत र अमेरिकासहित ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् । सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो ।

फिर्ता हुनेमा इजरालयकी कान्ता रिजाल, साउदी अरवमा नवराज सुवेदी, कतारका नरेश ढकाल, मलेसियाका डिल्लीराम पौडेल, डेनमार्ककका रामस्वार्थ राय, स्पेनकी शर्मिला पराजुली, पोर्चुगलका शनिल नेपाल र दक्षिण कोरियाका डा. ज्योती प्याकुरेल समेत छन् ।

फिर्ता भएकामा मलेसियाका पौडेल नेकपा एस र साउदीका सुवेदी बाबुराम भट्टराईको कोटाबाट नियुक्त भएका थिए ।


प्रतिक्रिया

One thought on “भारत र अमेरिकासहित कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय (भिडिओ)

  1. काँग्रेसका कुन कुन नेताले खाएर नियुक्ति दिलाएका थिए तीसँग फिर्ता माग्ने भए । फिर्ता गर्नुपर्नेहरू एकपटक फेरि बहुलाउनी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर