अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयलाई सास्ती – Nepal Press

अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयलाई सास्ती

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् । गत वर्ष फागुन २९ गते मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको थियो ।

अरुण नदीमा बेलीब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङदी शेर्पाले जानकारी दिए ।

निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको वडाध्यक्ष शेर्पाले बताए । बेलीब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् ।

बेलीब्रिज भत्किएपछि दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्री डोकामा बोकेर लैजानुपर्ने अवस्था भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलीब्रिजको क्षमताभन्दा बढी सामग्री बोकेर बेलीब्रिज तार्ने गाडी चालकलाई कारबाही गर्नसमेत वडाध्यक्ष शेर्पाले माग गरे । बेलीब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताए ।

निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोवेट ट्रक एकैपटक तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर