कोका-कोला र मःम उत्सव: स्वादको रियल म्याजिक – Nepal Press

कोका-कोला र मःम उत्सव: स्वादको रियल म्याजिक

काठमाडौ‌ । कोका-कोलाले यो वर्ष मःम उत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिदै आएको कोका–कोला मःम उत्सव क्याम्पेन यो वर्ष फेब्रुअरी १४देखि अप्रिल ५ सम्म जारी रहनेछ।

यो क्याम्पेनको लागि कोका-कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका-कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘विश्वव्यापी रुपमा हामीले सन्चालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोका–कोला मोःमोत्सव शुरु गरेका थियौँ । सातौँ वर्षसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागि हामी आभारी छौँ । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।’

त्यस्तै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हामी कोका-कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका-कोला मोःमोत्सव क्याम्पेनको सातौँ संस्करण मनाउँदै छौँ ।’

यो अभियानमा कोका–कोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ । कोक र मःम खाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथा उनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर