कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु – Nepal Press

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । धनगढी–अत्तरिया ६ लेन सडकमा डिभाइडरसँग ठोक्किँदा गोदावरी नगरपालिका–५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराई मृत्यु भएको हो ।

अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोकिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर