इन्टरविरुद्ध लिभरपुलको जित – Nepal Press

इन्टरविरुद्ध लिभरपुलको जित

काठमाडौं। इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ ।

इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेको हो । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गोल गरे ।

योसँगै लिभरपुलले तीन अंक जोडेको छ । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । रोबर्टोले खेलको ७५औं मिनेटमा गोल गरे । ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो ।

अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *