पूर्वमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी – Nepal Press

पूर्वमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

रुपन्देही । नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जबरजस्ति करणीको आरोप लगाउँदै बानियामाथि परेको जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको हो ।

जुम्लाकी माओवादी नेतृ तथा शिक्षिका शान्ती शाहीले बानियाविरुद्ध जाहेरी दिएकी थिइन् । आफूले दिएको सापटी रकम फिर्ता गर्न होटलमा बोलाएर जबरजस्ति करणी गरेको उनको दावी छ । आफूले बानियालाई २५ लाख रुपैयाँ सापटी दिएको उनले बताएकी छन् ।

उनले लामो समय प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको आरोप लगाउँदै आएकी थिइन् । सामाजिक सञ्जालमै उनले यो विषय सार्वजनिक गरेपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

यो पनि पढ्नुहोस्ः सांसद बानियाँविरुद्ध बलात्कारको मुद्दा, होटलमा भएको थियो चेक तानातान

जिल्ला प्रहरी बाँकेका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले पीडित महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जानकारी दिए । बानियाँविरूद्ध सोमबार नै अदालतले पक्राउ पुर्जी जारी गरेकोसमेत उनले बताए ।

यो पनि पढ्नुहोस्ः बलात्कार आरोप लागेपछि एमाले नेता बानियाँ भन्छन्- राजनीतिक प्रतिशोधमा फसाउने प्रयास भयो

सांसद न्यौपानेविरूद्ध पक्राउ पुर्जी जारी भएमा त्यसबारे सदनमा जानकारी दिनुपर्ने प्रावधाअनुसार सभामुख तथा सदनलाई जानकारी दिइएको र अनुसन्धानमा जारी रहेको डीएसपी न्यौपानेको भनाइ छ ।

पूर्वमन्त्री बानियाँले आफू निर्दोष रहेको भन्दै आएका छन् । उनले आफै प्रहरीमा उपस्थित हुने बताएका छन् । आफूलाई फँसाउने षडयन्त्र भइरहेको उनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर