दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने – Nepal Press

दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने

नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा चाहिँ कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने उसले जनाएको छ ।

खोप नलगाएकालाई चाहिँ अनिवार्य पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यो व्यवस्था गरिएको हो । दिल्ली जाने यात्रुले यात्रापूर्व हवाइ सुविधा फर्म भने भर्नुपर्ने समेत जनाइएको छ । यसअघि नेपालबाट दिल्ली जाने यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य थियो । नयाँ गाइडलाइनअनुसार अब खोप प्रमाणपत्र वा आरटी पीसीआर रिपोर्ट अपलोड गरे पुग्ने व्यवस्था छ ।

५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर