बुटवलमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु – Nepal Press

बुटवलमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

रुपन्देही । मंगलबार बिहान बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा दुईजनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए ।

दुवैजनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर