तुलसीपुर आगलागीः दुई परिवारका पाँचजनाको मृत्यु, सात करोडको क्षति – Nepal Press

तुलसीपुर आगलागीः दुई परिवारका पाँचजनाको मृत्यु, सात करोडको क्षति

रूपन्देही । तुलसीपुरमा शुक्रबार भएको आगलागीबाट दुई परिवारका गरी पाँच जनाले ज्यान गुमाएका छन् भने झण्डै सात करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जुत्ता चप्पलको गोदाम र कस्मेटिक गोदामसमेत गरी सात करोड रुपैयाँ बराबरको क्षति भएको विवरण पीडितले पेस गरेको बताए ।

यसैबीच दाङको तुलसीपुरमा भएको आगलागीमा ज्यान गुमाएकाका परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले राहत दिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा आगलागीमा परेर ज्यान गुमाएका पाँच जनाको किरिया खर्चबापत प्रतिव्यक्ति एक–एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

साथै ठूला घर तथा भवनमा आगलागी हुँदा निभाउन सक्ने गरी दमकल खरिदका लागि बजेट व्यवस्था गर्ने निर्णय गरेको उपमहानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *