अमेरिकी राजदूतले बढाए कूटनीतिक सक्रियता : ओलीसँग भेटवार्ता – Nepal Press

अमेरिकी राजदूतले बढाए कूटनीतिक सक्रियता : ओलीसँग भेटवार्ता

काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई लिएर राजनीतिक रस्साकस्सी तीव्र भैरहेको बेला अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले कूटनीतिक सक्रियता बढाएका छन् ।

राजदूत बेरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार बेलुका भक्तपुर बालकोटस्थित उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाइँले राजदूत बेरी र ओलीबीच भेटवार्ता भएको बताए । तर, वार्तामा केही विषयमा छलफल भयो भन्नेबारे चाहिँ उनले खुलाएनन् ।

मंगलबार बेलुका स्थगित गरिएको संसद बैठक बोलाउनुअघि राजदूत बेरी र ओलीबीचको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर