आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्नसक्ने – Nepal Press

आज मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्नसक्ने

काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बताइएको छ ।

यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग स्थानीय चुनावलगायतका विषयमा छलफल गरका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर