जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित – Nepal Press

जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित


जनकपुरधाम । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग केन्द्रित किसान आन्दोलन स्थगित गरेको छ ।

मौसम प्रतिकुल भएकाले राजमार्ग बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । किसान आन्दोलन भने जारी रहने विज्ञप्तीमा उल्लेख छ ।

राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने विज्ञप्तीमा उल्लेख छ ।

मौसममा सुधार भएपछि ०७८ फाल्गुण १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट तय गरिने पार्टीका महासचिव सिंहले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर