प्रहरीको पोशाक लगाएर सवारी चेकजाँच गर्दै हिड्ने एकजना पक्राउ

२०७८ माघ १९ गते २०:४८

काठमाडौं । आफूलाई प्रहरी बताउँदै सडकमा सवारी जाँच गर्ने क्रममा एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको भद्रकालीबाट सोनाम तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षकको पोशाक तथा दर्ज्यानी चिह्न समेत लगाएका उनलाई सडकमा सवारी जाँच गर्ने क्रममा पक्राउ गरिएको हाे । भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय तामाङका साथबाट आठ वटा पासपोर्ट साइजको फोटा फेला परेको प्रहरीले जनाएको छ ।
उनीमाथि प्रहरीवृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर