एमालेविरुद्ध गठबन्धन किन ? योगेशले देखाए यी चार कारण – Nepal Press

एमालेविरुद्ध गठबन्धन किन ? योगेशले देखाए यी चार कारण

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति व्यंग्य गर्दै गठबन्धन चार कारणले बनेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको आरोप लगाएका छन् ।

भट्टराईले भनेका छन्, ‘एमालेविरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’

पछिल्लोपटक प्रायः सबै प्रदेशमा मन्त्रालय फुटाएर सत्ता गठबन्धनमा भाग पुर्‍याउन १३ वटासम्म मन्त्रालय बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर