अवैध उत्खनन गरेको आरोपमा बालुवा ‘लोड’ भएका २१ ट्याक्टर नियन्त्रणमा – Nepal Press

अवैध उत्खनन गरेको आरोपमा बालुवा ‘लोड’ भएका २१ ट्याक्टर नियन्त्रणमा

विरगञ्ज । अवैध उत्खनन गरेको आरोपमा बालुवा ‘लोड’ भएका २१ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विरगन्ज महानगरपालिका- ३२ भैडैया खोलाबाट बालुवा उत्खनन गरेर लोड गरिएको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि विरगन्ज महानगरपालिका बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर