‘भिखारी कलाकार’ भन्नेलाई वर्षाको जवाफ : ‘म टीकटकबाटै कमाउँछु’ – Nepal Press

‘भिखारी कलाकार’ भन्नेलाई वर्षाको जवाफ : ‘म टीकटकबाटै कमाउँछु’

काठमाडौं । टीकटक लाइभमा बसेर पैसा कमाउने कुरा अब नयाँ रहेन । तर, जतिबेलासुकै टीकटकमा बसेर उपहार माग्ने र पैसा कमाउने कलाकारहरु प्रशस्तै छन् । सर्वसाधारणसम्मले कलाकारको सिको गर्दै टीकटकमा घन्टौं बिताउने गर्न थालेका छन् ।

आदर्श मानिएका कलाकार नै टीकटक लाइभमा बसेर पैसा कमाउन थालेको भन्दै आलोचना पनि सुरु भएको छ । मिडियादेखि सर्वसाधारणसम्मले कलाकारको यस्तो हर्कतको खुलेर विरोध पनि गर्न थालेका छन् । तर, लाइभमा बस्ने कलाकारको ब्याख्या चाहिँ भिन्न छ । उनीहरुको दावी हुने गर्छ : हामी दर्शक र फ्यानसँग अन्तक्रिया गर्न बसेका हौं, पैसा माग्न हैन ।’

अभिनेत्री वर्षा राउत पनि टीकटकमा निकै सक्रिय छिन् । टीकटकमात्र हैन, उनको ‘सन्सा’ नामक युट्युव च्यानल पनि छ जहाँ उनले अभिनेता पति संजोग कोइरालासँगका भ्लग पनि पोस्ट गर्छिन् । यो दम्पत्तिलाई युट्युवमा समेत राम्रै भ्यूज मिल्ने गरेको छ साथै गाली र ताली पनि ।

वर्षाको आम्दानीको अर्को स्रोत टीकटक पनि हो । टीकटकमा १० लाख फलोर्स कमाएकी वर्षाले दिनहुँजसो भिडिओ अपलोड गर्ने गरेकी छिन् । उनका भिडिओलाई दर्शकले रुचाउने गरेका छन् । उनी टीकटक लाइभमा समेत बस्ने गरेकी हुन्छिन् र फ्यानहरुले उनलाई गिफ्टहरु पठाउँछन् ।

वर्षाले एउटा भिडिओमा एक युवकको स्वरमा लिप्सिङ गर्दै भनेकी छन्, ‘कसले भन्यो सबै केटीहरुलाई पैसा चाहिन्छ ? कोही कोहीलाई माया मात्र भए पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ नि फेरि ।’ उक्त भिडिओमा ‘तर, म त टिकटकबाटै कमाउँछु नी’ भनेर क्याप्सनमा लेखेकी छिन् ।

पछिल्लो समय कलाकारहरुले टीकटक लाइभमा बसेर भिख मागेको भन्दै व्यापक आलोचना भएपछि उनले भिडिओमार्फत बताएकी हुन् । मिडियामा कलाकारले भिख मागेको भन्दै टिकाटिप्पणी हुन थालेपछि जयकिशन बस्नेतसहितका केही कलाकारहरु एक टिभी कार्यक्रमविरुद्ध आक्रोशित समेत बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर