बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लान प्रशासनकाे अनुमति अनिवार्य – Nepal Press

बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लान प्रशासनकाे अनुमति अनिवार्य

काठमाडौं । बालबालिकालाई अभिभावक बाहेकले एक ठाउँबाट अर्को ठाउँमा लैजान जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिनुपर्ने भएको छ ।

देशभित्रै एक ठाउँबाट अर्को ठाउँ लैजानका लागि स्थानीय निकायको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिनुपर्ने भएको हो ।

अध्ययन र पालन पोषणको नाममा बालबालिकालाई स्वदेश तथा विदेशमा यौंन शोषण गर्ने गरेका घटनाहरु बढ्दै गएपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपालबाट विदेशमा बालबालिका लैजान अध्ययनका लागि भए एनओसी चाहिनुपर्ने, एनओसी जारी गर्न नमिल्नेको हकमा स्थानीय प्रशासनको स्वीकृती चाहिने र अन्य प्रयोजनको हकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको स्विकृती वा अनुमती पत्र आवश्यक पर्ने गृह मन्त्रालयले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर