सम्भावित परिणामबाट तर्सिएर गठबन्धन चुनाव सार्ने झेलमा लाग्यो : एमाले सचिव विष्ट – Nepal Press

सम्भावित परिणामबाट तर्सिएर गठबन्धन चुनाव सार्ने झेलमा लाग्यो : एमाले सचिव विष्ट

काठमाडौं । नेकपा (एमाले) का सचिव गोर्कण विष्टले स्थानीय निर्वाचनमा आउन सक्ने परिणामबाट तर्सिएर गठबन्धन चुनाव नै सार्न लागि परेको आरोप लगाएका छन् ।

अविलम्ब स्थानीय तहको चुनावको घोषणा गर्न माग गर्दै विष्टले फेसबुकमा लेखेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन ।’

संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा गठबन्धनआबद्ध दलहरु तल्लीन रहेको विष्टको आरोप छ ।

‘निर्वाचन आयोगले आगामी वैशाख महिनाभित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक-पटक सरकारको ध्यानआकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर