सुदुरपश्चिम: एमालेमा गएको एक भोटले गठबन्धनमा खैलाबैला ! – Nepal Press

सुदुरपश्चिम: एमालेमा गएको एक भोटले गठबन्धनमा खैलाबैला !

कैलाली । सुदूरपश्चिम प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ एमालेकी सन्तोष कुमारी थापालाई हराउँदै एकीकृत समाजवादीकी उम्मेदवार मदनकुमारी शाह विजयी भइन् । दलिततर्फ एमालेका नरेन्द्र विकलाई हराउँदै माओवादीका जगत पार्की र ‘अन्य’ तर्फ एमालेका डिल्लीराज भट्टलाई हराउँदै काँग्रेसमा नारायणदत्त मिश्र विजयी भए ।

स्थानीय तहमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी गरिमा शाहले सबैभन्दा धेरै मत भार पाइन् । स्थानीय तहका १७५ प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये शाहले १०९ जनाको मत पाइन् । जसअनुसार उनको मतभार सबैभन्दा धेरै १९६२ पुग्यो । त्यस्तै ५२ जनाले मतदान गरेको प्रदेश सभामा गठबन्धनमा सबै उम्मेदवारले समान ३९/३९ मत पाए ।

बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा खसेको एक मतले भने सबैको ध्यान तालेको छ । ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टीका १४ जना, माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका १२ जना, एमालेका सभामुखसहित ११ जना, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना सांसद छन् ।

गठबन्धनमा नेकपा एस, माओवादी, कांग्रेस र जसपा मिल्दा ४० जना हुन आउँछ । तर गठवन्धनका कुनै पनि उम्मेदवारलाई ४० जनाले मत दिएको देखिएन । यता एमालेतर्फ दुई जनालाई १२ जना र एक जनालाई १३ जनाले मतदान गरेका छन् ।
११ जना आफ्नै एमालेका सांसद र अर्कोरमत मधेस प्रदेशमा भएको गठबन्धनका आधारमा लोसपाले दिएको अनुमान गरिएको छ । लोसपाका सांसद कृष्ण चौधरीले यसअघि उम्मेदवार हेरेर मत दिने बताएका थिए । तर, ‘अन्य’ तर्फ डिल्लिराज भट्टले पाएको अर्काे मत कसको हो भन्नेबारे गठबन्धनमा कौतुहल सृजना भएको छ । उक्त मत गठबन्धनका दलमा रहेकाबाट एमालेमा गएको आशंका गरिएको छ ।

महिलातर्फ र दलिततर्फ एक-एक मत खाली छन् । उक्त सांसदले महिला र दलिततर्फ कसैलाई पनि मत दिएको देखिँदैन । तर, अन्य तर्फ भने सोही मत एमालेका उम्मेदवारलाई गएको गठबन्धनका एक नेताले बताए ।

गठवन्धनमा रहेका दलहरूबाट एमालेमा मत गएपछि अहिले गठनवन्धनभित्र यस विषयमा छानबिन हुनु पर्ने आवाज उठिरहेको छ । नेपाली कांग्रेसले यस विषयमा छानविन हुने समेत जनाएको छ ।
‘यो गम्भीर विषय हो,’ काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले भने, ‘हामीले आन्तरिक रूपमा यो विषयमा छानबिन गछौं ।’

उनले गठबन्धनका दलहरू भित्र धोका भएकोसमेत बताए । यता एकीकृत समाजवादी पार्टीले पनि एक मतबारे छानबिन हुनुपर्ने बताएको छ ।

‘हामीले यस विषयमा छानबिन गर्छौं,’ एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गा विकले बताइन् । यस्तै एमाले सुदूर पश्चिम प्रदेश सचीव धर्म पाठकले गठबन्धन गलत रहेको पुष्टि हुने गरि १ मत आएको बताए । यो अपबित्र गठबन्धन हो भन्ने पुष्टि भएको छ उनले भने- अब गठबन्धन रहँदैन भन्ने संकेत देखिएको छ ।

गठबन्धनमा रहेका अर्को दल माओवादीले पनि एक मतबारे आवश्यक छानबिन हुने जनाएको छ । माओवादीका प्रमुख सचेतक अक्कल रावलले एक मत कताबाट एमालेमा गयो र त्यो कसको हो भन्ने बारे आन्तरिक छानबिन हुने स्पष्ट पारेका छन् ।


प्रतिक्रिया

One thought on “सुदुरपश्चिम: एमालेमा गएको एक भोटले गठबन्धनमा खैलाबैला !

  1. केही लछारपाटो लाउदैनौ तिमिहरु खाते नेताहरुले खाली चुनाब आउने बेला जनतालाइ बौलाउने काम मात्रै हो सक्छौ भने लिपुलेक र लिम्पियाधुरामा गएर बिरोध गरेर देखाउ आफ्नो भुमिको जगेर्ना गर, भोसुडिहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर