भारतको गणतन्त्र दिवसमा देउवाले पठाए मोदीलाई शुभकामना सन्देश – Nepal Press

भारतको गणतन्त्र दिवसमा देउवाले पठाए मोदीलाई शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन् ।

सन्देशमा प्रधानमन्त्री देउवाले भारत सरकार र त्यहाँका जनतालाई शुभकामना दिएका छन् । भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको लागि पनि देउवाले मोदीलाई शुभकामना दिएका हुन् ।

विदेशी पाहुनाबिनै भारतले आज ७३ औं गणतन्त्र दिवस मनाएको छ । आजै काठमाडौंस्थित भारतीय दूतावासले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश पठाउँदै नेपालको प्रगति र समृद्धिको लागि सहकार्य निरन्तर हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर