अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट – Nepal Press

अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट

काठमाडौं । अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।

विजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् ।

मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।

कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।

साहारा एपले ग्राहकलाई शुन्य प्रतिशत कमिसनमा सेवा दिइरहेको छ । यस अघि कम्पनिले अजोड इन्सोरेन्ससंग इन्सुरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्सुरेन्स सुविधा पाउने कम्पनिका सिइओ विशाल जिसीले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट

  1. ग्रीनसिटी अति नै महङ्गो ब्यापारिक केन्द्र हो। यहाँ ५०% छुट पाए पनि अरु अस्पताल भन्दा महङ्गो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर