अमेरिकी विदेश मन्त्रालयद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश – Nepal Press

अमेरिकी विदेश मन्त्रालयद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्ना दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश दिएको छ। रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश जारी गरेको हो ।

साथै, अमेरिकाले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ। आफ्ना नागरिकलाई युक्रेन छाड्न पनि अमेरिकाले भनेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ता र चासोका बीच अमेरिकाको यस्तो निर्देशन आएको हो ।

तर, रुसले चाहिँ युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने अमेरिकी दाबीको खण्डन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ।

युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्। शनिवार अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर ‘हातहतियार सहायता’ युक्रेन पुगेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिकाली उक्त देशमाथि चाँडै नै विभिन्न खाले प्रतिबन्ध लगाउने बताएका थिए। उनले यदि यस्ता उपायहरू समयमै सुरु गरिए रुसको प्रतिरक्षा क्षमता कमजोर बन्ने दाबी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर