सरकारका प्रवक्ताको जवाफ – ओली असफल भएपछि नै यो सरकार बनेको हो – Nepal Press

सरकारका प्रवक्ताको जवाफ – ओली असफल भएपछि नै यो सरकार बनेको हो

काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नै कामको समिक्षा गर्न प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री कार्कीले ओलीले जारी गरेको लामो वक्तव्य आफूले पढ्न नभ्याएको भन्दै आफू प्रधानमन्त्री हुँदाको ३ वर्षको समिक्षा गर्न सुझाव दिएका हुन् ।

‘मैले उहाँको लामो वक्तव्य पढ्न पाएको छैन । उहाँ प्रधानमन्त्रीका रुपमा ३ वर्ष हुँदा मुलुकलाई कुन दिशातर्फ अग्रसर गराउनुभयो रु त्यसको समिक्षा अबको निर्वाचनमा जनताले गर्नेछन् । उहाँको सरकार असफल भएकैले यो सरकार बनेको हो । यो सरकारले जनतामा आशा बढाएको छ ’, कार्कीले भने ।

सरकारले निर्वाचन सार्ने कुनै कुरा नगरेको भन्दै मन्त्री कार्कीले सबै निर्वाचन संविधानको व्यवस्था अनुसार नै हुने बताए ।


प्रतिक्रिया

One thought on “सरकारका प्रवक्ताको जवाफ – ओली असफल भएपछि नै यो सरकार बनेको हो

  1. तिमीहरूले दलाल, तस्कर, भ्रष्टाचारीलाई संरक्षण गरेका छाै । विकास ठप्प छ । देश आर्थिक रूपमा खाेक्राे भैसक्याे । ओलिकाे ३ वर्षमा देश तीव्र विकासकाे गतिमा अघि बढिरहेकाे थियाे । त्यहि देखेर, सहन नसकेर दलाल र अनैतिकले ओलि हटाउ अभियान शुरू गरेका हुन् । के समीक्षा भन्छाै ३ वर्षे कार्यकालकाे ? चुनाव नगराएर देशलाई गम्भीर संवैधानिक संकटतर्फ धकेल्दै छाै । देउवा त याे मामिलामा पहिलेदेखि नै बदनाम हाे । कुकुरकाे पुच्छर १२ वर्ष ढुंग्राेमा राखे पनि बाङ्गै भनेजस्तै यसमा बुद्दि पलाएकै रहेनछ । अब याे सुध्रिने छाँट पनि छैन । काँग्रेस देउवासँगै डुब्ने भाे । प्रचण्ड त विदेशीकाे दलाल हाे उसलाई देश, जनताकाे मतलवै छैन । देशमा अस्थिरता ल्याउने , जनताका छाेराछाेरी मारेर लुटेकाे पैसाले विलाशी जीवन विताउने र विदेशीकाे लागि काम गर्न नै जन्मिएकाे रहेछ याे दलाल । माधव
    त अनैतिक, तिव्र पदलाेलुप, दुष्ट र सानाे चित्त भएकाे र पदकाे लागि जे पनि गर्न तयार हुने दलाल नै रहेछ । यस्ताे मान्छे पार्टी प्रमुख भएर कसरी पार्टीले प्रगती गराेस ? याे मान्छे फेरि महा भ्रष्टाचारी पनि रहेछ । यस्ता ५ दलीय नामकाे अनैतिक, दलाल र लुटेराकाे झुण्डले देशमा केही गर्ने त आशै नगराैं बरू देशलाई भड्खालाेमा जाक्ने भयाे । जनता सचेत बनाैं किनकी हामीलाई याे देश चाहिन्छ । यी दलाललाई त के देशकाे माया ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर