कोठामा निस्सासिएर भक्तपुरमा ३ महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर – Nepal Press

कोठामा निस्सासिएर भक्तपुरमा ३ महिने बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर

काठमाडौं । भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको हो ।

रामेछाप मन्थली नगरपालिका घर भई हाल गाम्चामा बस्ने ३० वर्षका अभिषेक रम्तेलका ३ महिनाको छोराको आगो तापने क्रममा निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मन्थलीका ३० वर्षका अभिषेक रम्तेल, श्रीमती २८ वर्षीया पसुना तामाङ र ३ महिनाको छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा २ बर्ष देखि डेरा गरी बस्थे । उनीहरु शनिबार बेलुका खाना खाएर आगे तापेर सुतेका थिए ।

बिहान अवेर सम्म पनि नउठेपछि स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अबस्थामा देखिएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियोृ । उपचारकै क्रममा आज बिहान साढे ८ बजे ३ महिनाको छोराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर