प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेको सहभागिता अनिश्चित – Nepal Press

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेको सहभागिता अनिश्चित

काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले शनिबार बिहान ९ बजेका लागि सर्वंदलीय बैठक बोलाएका हुन् ।

यसअघि नेकपा एस सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन ।

यसअघि नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए ।

एमालेले भने आफूले कारवाही गरेका सांसदहरुलाई सभामुख,सरकार मिलेर पार्टी विभाजनमा प्रयोग गरेको भन्दै सरकारले बोलाएका बैठक तथा संसद समेत अवरोध गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर