माओवादी केन्द्रकाे भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित – Nepal Press

माओवादी केन्द्रकाे भोलि बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। भोलि ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो।

स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म बैठक स्थगन गरेको माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठक भने भोलि बिहान बस्नेछ ।

पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरी भोलि बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

यसअघि पुस २५ गतेका लागि बोलाइएको बैठक पनि अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बस्न सकेको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर