बार्टी र ओसाका अष्ट्रेलियन ओपनको तेस्रो चरणमा – Nepal Press

बार्टी र ओसाका अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर एक एसलेग बार्टी अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

बुधबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा विश्व वरियताको १४२औं स्थानकी लुसिया ब्रनजेट्टीलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

तेस्रो चरणमा बार्टीले विश्व वरियताको ३३औं स्थानकी क्यामिला जियोर्जीसँग भिड्ने पक्का भएको छ । जियार्जीले दोस्रो चरणमा टेरेसा मार्टिनकोभालाई ६–२, ७–६ (७–२) को नतिजामा पराजित गर्दै तेस्रो चरणमा पुगेकि थिइन् ।

यस्तै, जापानी नाओमी ओसाका पनि तेस्रो चरणमा पुगेकि छन् । उनले दोस्रो चरणमा वरियताको ५४औं स्थानकी म्याडिसन ब्रेङ्गललाई ६–०, ६–४ को सेटमा पराजित गर्दै तस्रो चरणमा अमान्डा एनिसिभोसँगको भेट पक्का गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *