मास्क लगाउनुभएको छ ? प्रशासनको कारबाहीमा परिएला ! (भिडिओ) – Nepal Press

मास्क लगाउनुभएको छ ? प्रशासनको कारबाहीमा परिएला ! (भिडिओ)

काठमाडौं । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्‍डुल गर्नेलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।

बुधबार काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका लाई जनही एक सयका दरले जरिवाना तिराइएको हो ।

सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए ।

मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार भीडभाड गर्न नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्नेहरूलाई जरिवानासहित कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, ‘यस्ता प्रकारका अनुगमन भन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्छ । सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक हो । सबै सचेत हुनुपर्छ, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । सबै व्यवसायी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था र सबै सर्वसाधारण नागरिकहरूले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *