चार दिन अघि सचिवमा बढुवा भएका खरेलले पदस्थापन नभएरै अवकाश – Nepal Press

चार दिन अघि सचिवमा बढुवा भएका खरेलले पदस्थापन नभएरै अवकाश

रक्षा सचिवमा शर्माको पद पहाली

काठमाडौं । चार दिन अघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएका शंकरप्रसाद खरेले पदस्थापन नै नभएर अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते सचिव बढुवा भएका खरेल आज ५८ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका हुन् । खरेलले अनिवार्य अवकाश पाएसँगै एक सचिवको दरबन्दी रिक्त भएको छ ।

अब बस्ने सचिव बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंहको नाम सिफारिस गर्नेछ । उनिहरुमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा बढुवा गर्नेछ ।

आजबाट अनिवार्य अवकाशमा गएका खरेललाई दरबन्दी नै थपेर तेस्रो नम्बरबाट सचिव बनाएको भन्दै कर्मचारी प्रशासन तहबाट सरकारको विरोध भइरहेको थियो । भर्खरै राष्ट्रिय परिक्षा वोर्डको अध्यक्षमा नियुक्त भएका पूर्व सचिव महाश्रम शर्मा पनि एक दिन मात्रै सचिव भएर उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए । यस्तै पूर्व सचिव सूर्यप्रसाद आचार्य तीन दिनका लागि मात्रै सचिव भएर उमेर हदकै कारण अनिवार्य अवकाशमा गएका थिए ।

रक्षा सचिवमा शर्माको पद पहाली
यसैविच रिक्त रहेको रक्षा मन्त्रालयको सचिवमा किरणराज शर्माले आजै पद बहाली गरेका छन् । मन्त्रालयमा मन्त्री पनि रिक्त रहेकाले उनलाई मन्त्रालयका उच्च पदस्थ कर्मचरीले स्वागत गरेका थिए । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।

यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतदेखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिवविहिन भएको थियो । रिक्त रहेको समयावधिमा रक्षा मन्त्रालयका बरिष्ठ सहसचिव बाबुराम अधिकारीले निमित्त सचिवको जिम्मेवारी सम्हालदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *