दैलेखका पहिरोपीडितलाई राहत दिन सभामुख शाहीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण – Nepal Press

दैलेखका पहिरोपीडितलाई राहत दिन सभामुख शाहीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

सुर्खेत । दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नं. ४ का पहिरोपीडितलाई राहत उपलब्ध गराउन कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

पहिरोपीडित पूर्णरुपमा घर क्षति भएका परिवारलाई एक लाख रुपैंया दिने निर्णय सरकार गरेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै सभामुखले मुख्यमन्त्री जीवनबहादुर शाहीको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखको निर्वाचन क्षेत्रमा समेत रहेको उक्त गाउँमा २०७७ साल भदौ दुइ गते राती परेको अविरल वर्षाका कारण आएको पहिरोमा सात घर पूर्ण रुपमा क्षति भएका थिए । पहिलोमा दुईजनाको मृत्यु भएको थियो ।

मुख्यमन्त्रीको ध्यानाकर्षण गराएपछि शाहीले घोषणा गरेको रकम समयमै पीडितसम्म पुग्नुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले पनि तत्काल रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर