आसिफ र प्रदीपको शतकीय साझेदारीमा एपीएफले आर्मीलाई दियो २३१ रनको विशाल लक्ष्य – Nepal Press

आसिफ र प्रदीपको शतकीय साझेदारीमा एपीएफले आर्मीलाई दियो २३१ रनको विशाल लक्ष्य

काठमाडौं । आसिफ शेख र प्रदीप ऐरीको शतकीय साझेदारीमा एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३० रनको योगफल तयार गरेको थियो ।

एपीएफका लागि ओपनिङमा आएका आसिफले ४३ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको योगदान गरे । उनले पहिलो विकेटका लागि प्रदिपसँग १ सय ५० रनको साझेदारि गरेका थिए । प्रदिप ५३ बलमा ७ चौका र एक छक्कासहित ५७ रन जोडेर अविजित रहँदा लोकेश बमले १८ बलामा २ चौका र ९ छक्कासहित ६६ रनको उत्कृष्ट इनिङ खेले ।

आर्मीको वलिङमा जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १/१ विकेट लिए ।

जारी खेलको विजेताले उपाधिका लागि फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर