जलवायु परिवर्तनका असरबारे कालापत्थरबाट विश्वको ध्यानाकर्षण गराईने – Nepal Press

जलवायु परिवर्तनका असरबारे कालापत्थरबाट विश्वको ध्यानाकर्षण गराईने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जलवायु परिवर्तनका कारण महिलाहरुमा परेको असरका बारेमा ध्यानाकर्षण गराईने भएको छ ।

आगामी मार्च ८ मा हुने अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यसबारे विश्व समुदायको ध्यानाकर्षण गराईने भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा साथसाथैले सगरमाथाको कालापत्थर क्षेत्रमा पुगेर यसबारेमा ध्यानाकर्षण गराउने एक कार्यक्रमकाबीच जानकारी गराईएको छ ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कालापत्थरबाट जलवायु परिवर्तनको असरबारेमा विश्व जगतको ध्यानाकर्षण गराउँदै महिलामाथि हुने सबै प्रकारका विभेदविरुद्ध चेतना फैलाउने, शान्तिपूर्ण र समृद्ध समाजको प्रतिनिधित्व गर्दै सातै प्रदेशमा पुग्ने गरी अभियानको थालनी हुने बताइन् ।

कालापत्थरमा त्यहाँका स्थानीय महिलाहरुसँग अन्तरक्रिया हुने पनि बताइएको छ ।

अभियानले सातै प्रदेशका महिलाहरुलाई जागरुक बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत २५ जना महिलाहरुको सहभागिता रहने बताइएको छ । कोभिड संक्रमणको जोखिम कम भएमा अन्य महिलाहरुलाई पनि सहभागी गराईनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर