गद्दारी गरेको आरोपसहित मुख्यमन्त्री राउतको घरअगाडि प्रदर्शन – Nepal Press

गद्दारी गरेको आरोपसहित मुख्यमन्त्री राउतको घरअगाडि प्रदर्शन

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि केही युवाहरूले प्रदर्शन गरेका छन् । प्रदेश राजधानी वीरगञ्ज तोक्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले वीरगञ्ज महानगरपालिका- १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घरअगाडि विरोधका क्रममा गद्दारको आरोपसमेत लगाए ।

मुख्यमन्त्री राउतको दल जसपा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा छ ।

मधेश आन्दोलनमा धेरै योगदान गरेकोले वीरगञ्जमै राजधानी तोक्नुपर्ने अडान गरिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर