च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण, पुलिसविरुद्धको खेल स्थगित – Nepal Press

च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण, पुलिसविरुद्धको खेल स्थगित

काठमाडौं । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज हुने भनिएको च्यासल र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ ।

च्यासलका १९ खेलाडीमा कोरोना पुष्टि भएको छ । आफ्ना खेलाडीलाई कोरोना पुष्टि भएपछि च्यासलले आजको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको हो ।

मेडिकल कमिटीको सल्लाहमा एन्फा लिग कमिटीले आजको खेल स्थिगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ चाँडै तय हुने एन्फाले जनाएको छ ।

यसअघि आठौं चरण्मा पोखरामा मनाङ मर्स्याङ्दीविरुद्धको खेल खेलेर काठमाडौं फर्किएपछि च्यासलका दुई खेलाडीमा कोरोना देखिएको थियो ।

खेल तालिकाअनुसार च्यासल र पुलिसको खेल आज दिँउसो ४ः४५ बजेका लागि तय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *