कैलालीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु – Nepal Press

कैलालीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ८ बजे धनगढी उपमहानगरपालिका– १६ पथरीस्थित गोकंनरी खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय ऐतवारी रानाको मृत्यु भएको हो ।

३८ वर्षीय राजेश रानाले चलाएको सूपप्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा घटनास्थलमै रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.