प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटको असर जापानमा, सुनामीको खतरा – Nepal Press

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटको असर जापानमा, सुनामीको खतरा

टोकियो । प्रशान्त महासागरको दक्षिणतर्फ टोङ्गामा भएको ज्वालामुखी विस्फोटको असरले जापानको विभिन्न क्षेत्रमा सुनामीको खतरा बढेको छ ।

जापानका संचार माध्यमहरुले जनाएअनुसार होकाइदोदेखि ओकिनवासम्म सुनामी आउने अनुमान गरिएको छ । होकाइदो, आओमोरी, मियागी, फुकुसिमा, इवाराकी, चिबाको कुजुकुरी, उचिबोमा सुनामीको खतरा भएको बताइएको छ । त्यस्तै मेइ प्रिफेक्चरको दक्षिणी क्षेत्र, पूर्वी खागोसिमालगायतका क्षेत्रमा सुनामी आउन सक्ने भन्दै नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरिएको समाचारहरुमा उल्लेख छ ।

जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयको अग्नि विभागले दिएको जानकारीअनुसार आओमोरी, इवाते, मियागी, चिवा, तोकुसिमा, कोची, मियाजाकी र खागोसिमा प्रिफेक्चर क्षेत्र सबैभन्दा बढी जोखिममा छन् ।

सुनामीको उच्च जोखिममा रहेका ८ प्रिफेक्चरको ५५ नगरपालिकाहरुबाट हालसम्म १ लाख ८ हजार ६६७ घरधुरीका २ लाख २९ हजार २३९ जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर