एमाले बाराको अध्यक्षमा साह, सचिवमा पाण्डे – Nepal Press

एमाले बाराको अध्यक्षमा साह, सचिवमा पाण्डे

जनकपुरधाम । नेकपा एमाले बाराको अध्यक्षमा विनोद साह निर्वाचित भएका छन् । कलैयामा सम्पन्न १० औं जिल्ला अधिवेशनबाट निवर्तमान उपाध्यक्ष साह जिल्ला अध्यक्ष बनेका हुन् ।

साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा टिना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे, सहसचिवमा अमृत शर्मा र भुलन चौधरी चयन भएका छन् ।

उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट क्रमशः ७, ५ र ३ जनाका दरले जिल्ला कमिटीमा राखिएको छ । जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा विवाद देखिएकाले सदस्यको टुंगो पछि लगाउने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर