प्रधानमन्त्री कप क्रिकेटः खेलाडीमा कोरोना संक्रमणको शंकापछि पुलिस र प्रदेश–१ को खेल स्थगित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः खेलाडीमा कोरोना संक्रमणको शंकापछि पुलिस र प्रदेश–१ को खेल स्थगित

काठमाडौं । खेलाडीमा कोरोना संक्रमणको शंका भएपछि प्रधानमन्त्री कपअन्तरगत आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश–१ बीचको खेल स्थागित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितअन्तरगत स्थगित भएको आजको खेल कहिले हुने भन्ने तोकिएको छैन । खेलाडीको कोरोना परीक्षणपछि मात्रै खेलको नयाँ मिति तोकिने क्यानले जनाएको छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ ।

एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई दुई रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।

पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ ले दोस्रो खेलमा पानीका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर