जापान पुगेका नेपालीले तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, नयाँ नियम आइतबारदेखि लागू – Nepal Press

जापान पुगेका नेपालीले तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, नयाँ नियम आइतबारदेखि लागू

टोकियो । आइतबार मध्यरातदेखि जापान प्रवेश गर्ने नेपालीले अनिवार्य तीन दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । जापानले हिजो कोरोना रोकथामसम्बन्धी नीतिहरुमा संशोधन गर्दै नेपालबाट जापान प्रवेश गर्नेहरुले पनि तीन दिन सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम नेपालमा पनि रहेको भन्दै जापानले नेपालबाट जापान प्रवेश गर्नेहरुका लागि नयाँ नीति लागू गर्न लागेको हो । संशोधित नीति १६ तारिखदेखि लागू हुनेछ ।

जापानले कोरोना संक्रमणलार्इ रोक्न हाल लागू गरिएको सिमा नियन्त्रणसम्बन्धी नीतिहरुमा परिवर्तन गरेसंगै भारत, थाइल्याण्ड, मेक्सिको र मंगोलियाबाट जापान प्रवेश गर्नेहरुले पनि तीन विमानस्थलको सरकारी क्वारेन्टिनमा बस्नुपर्नेछ ।

जापानले अघिल्लोपटक क्वारेन्टिन नीति परिवर्तन गर्दा भारतको तामिल, केरालालगायत दिल्लीका केही भागहरुलाई लक्षित गर्दै ३ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरेको थियो । अब नयाँ नीतिअनुसार तीन दिन क्वारेन्टिन बसेपछि १० दिन होम आइशोलेसनमा बस्नुपर्नेछ । यसअघि १४ दिन आइशोलेसमा बस्नुपर्ने नियम थियो ।

जापानले मान्यता दिएका खोप लगाएकहरुले भने क्वारेन्टिनमा बस्नुपर्ने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर