नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति पक्राउ – Nepal Press

नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति पक्राउ

आ-आफ्ना बालबालीकालाई सामाजिक सञ्चालबाट सचेत गराउन प्रहरीको आग्रह

काठमाडौं । नाबालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका घर भइ अहिले ललितपुरको बस्दै आएका २१ वर्षका सुजन श्रेष्‍ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

शुक्रबार उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक आइडीबाट बिगत २ महिना अघि मात्र पीडित नाबालिकालाई साथी बनाएका थिए ।

त्यसपछि पीडित नावालिकालाई श्रेष्ठले बारम्बार भिडियो कल गरी संवेदनशील अंग देखाउन लगाएर भिडियो कल रेकर्ड गर्दै स्कुलमा साथीभाई तथा घर परिवारसमेतलाई उक्त भिडियो देखाउने र सामाजिक सञ्‍जालमा भाइरल बनाउँछु भन्दै धाकधम्की देखाएर ब्ल्याकमेल गर्दै आएका थिए ।

त्यसपछि ति नावालिका डरले पुष २७ गते राती ८ बजेको समयमा काठमाडौंको बुढानिलकण्ठ नजिकै रहेको एक निर्माणाधिन घर पछाडि भेट्न बाध्य भएकी थिईन । भेटका क्रममा श्रेष्ठले ति नाबालिकालाई जवरजस्ती करणी गरी फरार भएका थिए ।

आ-आफ्ना बालबालीकालाई सामाजिक सञ्चालबाट सचेत गराउन प्रहरीको आग्रह

सामाजिक सञ्जालबाटै विभिन्न खालका अपराधिक घटना भइरहेका बेला महानगरीय प्रहरी परिसर काठमाडौंले यसबाट आफ्ना बालबालिकालाई सचेत गर्न गराउन आग्रह गरेको छ ।

परिसरले भनेको छ, पछिल्ला दिनमा सामाजीक सञ्जालमा बिभिन्न नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य हुने गर्ने गरेकोबारे सम्पूर्ण नागरिकमा विदितै छ । तसर्थ, आ-आफ्ना बालबालीकालाई समयमै सचेत गर्ने गराउने कार्य गरी अपराध हुन नदिनका लागी महानगरीय प्रहरी परिसर, काठमाण्डौ सम्पूर्ण अभिभावक समक्ष हार्दिक अनुरोध गर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *