‘ए’ डिभिजन लिगः आभासको निर्णयक गोलमा हिमालयन शेर्पामाथि एपीएफको जित – Nepal Press

‘ए’ डिभिजन लिगः आभासको निर्णयक गोलमा हिमालयन शेर्पामाथि एपीएफको जित

काठमाडौं । विभागिय एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई १–० गोलको नतिजामा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा शुक्रबार भएको नवौं चरणको पहिलो खेलमा आभास लामिछानेले निर्णायक गोल गर्दै एपीएफलाई लिग तालिकामा स्पस्ट तिनअंक जोड्न मद्दत गरे ।

जितसँगै एपीएफले रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवित राखेको छ । पहिलो हाफको इन्जुरी समयमा नविन लामाको कर्नरमा आभासले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

त्यसको एक मिनेटपछि शेर्पाले बराबरी गोल फर्काउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । एपिएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिएको थियो ।

यस्तै, खेलको ६३औं मिनेटमा शेर्पाका मिलनको कर्नरमा उजरिच सिइबीले गरेको हेडर फ्रेममा परेन । अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दिप कार्कीले ७०औं मिनेटमा रोक्दा एपिएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

पहिलो हाफमा अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप गोल गर्न सकेन । यस्तै,शेर्पाले पाएका अवसर हरुलाई स्कोरमा कन्भर्ट गर्न नसक्दा लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

जितसँगै एपिएफ नांै खेलमा १० अंकसहित तालिकाको आठौं स्थानमा उक्लिलएको छ । परमजित शेर्पा समान खेलमा ११ अंकसहित छैटौं स्थानमा छ । आज हुने दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङदी क्लब भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *