स्थानीय तह चुनावबारे दलहरूसँग के भन्यो आयोगले ? (भिडिओ) – Nepal Press

स्थानीय तह चुनावबारे दलहरूसँग के भन्यो आयोगले ? (भिडिओ)

काठमाडौं । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार थपलियाले बैठकमा स्थानीय तहको विकल्प नभएको र समयमै चुनाव गराउनुपर्ने धारणा राखेका थिए । त्यस्तै निर्वाचन गर्न १ सय २० दिन चाहिने र त्यसको समय घर्कँदै गइरहेको बारे पनि उनले सचेत गराएका थिए ।

पौडेलले निर्वाचनको तिथि पहिलोपटक घोषणा भएकोबाट कार्यकाल गणना सुरू हुने भन्दै जेठ ६ बाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरू हुने बुझाइ आयोगको भएको बताए ।

मौजुदा संविधान र ऐनले स्थानीय तहको निर्वाचन वैशाखमा गराउन कुनै समस्या नहुने धारणा आयोगले राखेको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर