प्रधानमन्त्री कप क्रिकेटः विक्रमको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा सुदुरपश्चिमविरुद्ध आर्मीको जित – Nepal Press

प्रधानमन्त्री कप क्रिकेटः विक्रमको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा सुदुरपश्चिमविरुद्ध आर्मीको जित

काठमाडौं । विक्रम शोवको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदुरपश्चिममले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय १५ रन बनाएको थियो । सुदुरपश्चिमलाई सस्तैमा समेट्न विक्रम शोबले चार ओभरमा ८ रन खर्चेर ६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे ।

यस्तै कुशल मल्ल हरी चौहान र शाहब आलमले समान १ विकेट लिए । शुरुवाती विकेट सजिलै गुमाएको सुदुपश्चिममको लागी तेस्रो नम्बरमा आएका खडक बोहोरा र चौथोमा आएका बसन्त कार्कीले इनिङ केहि सम्हालेका थिए ।

बोहोराले १ चौका र १ छक्काको मद्दतमा ४२ बलमा ३७ रनको योगदान दिएका थिए भने बसन्त कार्कीले २८ बलमा ३४ रन बनाए । यस्तै अर्जुन साउदले १५ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन ।

जबाफी ब्याटिङमा आएको आर्मीकका लागी ओपनर हरी चौहानले सर्वाधिक ३३ रन बनाउदा शुरुवाती क्रमका अन्य ब्याट्सम्यानले राम्रो पर्दशन गर्न सकेनन । भिम सार्की लाइ १३ रनमा गुमाएको आर्मीका कुशल मल्ल ११ रनमा पबेलिएन फर्किए ।

मध्यक्रम धरमराउदा आठौ नम्बरमा ब्याटिङमा आएका बिक्रम शोबले आर्मीको इनिङ सम्हालेका थिए । उनले २२ बलमा १ चौका र २ छक्का सहित २९ रन जोडेर अबिजित रहे । अन्तिम बलमा जितको लागी १ रनको आवश्यकता रहदा शाहब आलमले छक्का प्रहार गर्देै आर्मीको जित सुनिश्चीत गरे । उनले १२ रनको योगदान गरे ।

सुदुरपश्चिमको वलिङमा आदित्य महता चार ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने, हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान १ विकेट लिए ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले जितेको आर्मी दोस्रो खेलमा पुलिससँग हारेको थियो । यस्तै, पहिलो खेलमा पुलिससँग २ रनले हारेको सुदुरपश्चिमले दोस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ४७ रनको जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर