भारतमा एकैदिन थपिए दुई लाख ६४ हजार कोरोना संक्रमित – Nepal Press

भारतमा एकैदिन थपिए दुई लाख ६४ हजार कोरोना संक्रमित

काठमाडौं । भारतमा कोभिड संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको हो । भारतमा कूल संक्रमितमध्ये ३ दशमलव ४८ प्रतिशत सक्रिय संक्रमित छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडबाट ३१५ जनाको मृत्यु भएको छ । कोभिडबाट केरला, महाराष्ट्र र नयाँ दिल्ली सबैभन्दा बढी प्रभावित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर