मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा, सबैजसो सूचक ऋणात्मक (विवरणसहित) – Nepal Press

मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा, सबैजसो सूचक ऋणात्मक (विवरणसहित)

काठमाडौं । मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् । आर्थिक वर्ष २०७८/७९ को मंसिर महिनासम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको देखाउँछ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँ शोधान्तर घाटा छ । त्यस्तै मंसिर महिनाको मूल्यवृद्धि दर ७.११ प्रतिशत छ । कात्तिकमा मूल्यवृद्धि दर ५.३२ प्रतिशत थियो ।

विदेशी विनिमय संचिति १३.२ प्रतिशतले घटेको छ । जुन कात्तिक महिनामा ११ प्रतिशत थियो । त्यस्तै विदेशबाट नेपाल भित्रने रकम (रेमिट्यान्स) पनि नराम्ररी घटेको छ । तथ्यांकअनुसार ६.८ प्रतिशतले रेमिट्यान्स भित्रने दर घटेको छ ।

त्यस्तै वस्तुको निर्यात घटेको छ भने आयात बढेको छ । तथ्यांकअनुसार ५९.५ प्रतिशतले आयात बढेको छ । परिणामस्वरुप व्यापारघाटा भने कहालीलाग्दो गरी बढेको छ । अहिले व्यापारघाटा ५४.७ प्रतिशतले बढेको तथ्यांक छ ।

हेर्नुहोस् विवरण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर