उत्तर कोरियामाथि अमेरिकाको थप प्रतिबन्ध – Nepal Press

उत्तर कोरियामाथि अमेरिकाको थप प्रतिबन्ध

काठमाडौं । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँचजना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाइल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् ।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरीत बारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर