स्पेसएक्सको रकेटबाट यसरी अन्तरीक्षमा पठाइयो नेपाली स्याटेलाइट (भिडिओ) – Nepal Press

स्पेसएक्सको रकेटबाट यसरी अन्तरीक्षमा पठाइयो नेपाली स्याटेलाइट (भिडिओ)

काठमाडौं । नेपाली सानोस्याट-१सहित ५५० वटा स्याटेलाइट बोकेर स्पेसएक्सको फाल्कोन-९ रकेटलाई पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकाको फ्लोरिडास्थित केप कानाभेरल फोर्स स्पेस स्टेसनबाट नेपाली समयानुसार ९ बजेर १५ मिनेटमा रकेटलाई प्रक्षेपण गरिएको थियो ।

विश्वकै धनी इलोन मस्कको स्पेसएक्सको फाल्कोन–९ रकेटलाई दसौंपटक सफलतापूर्वक प्रक्षेपण गरिएको हो । अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको नेपालमै निर्मित पहिलो स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्नेछ ।

५ सय किमी लामो कक्षमा रहेर उक्त स्याटेलाइटले सूर्यका विकिरणहरु बिटा र गामाको अध्ययन एवं मापन गर्ने तथा डिजिटल रिपिटरको रुपमा काम गर्नेछ । स्पेनी कम्पनी फोसा सिस्टम्समार्फत उक्त स्याटेलाइट प्रक्षेपणको लागि स्पेस–एक्समा पठाइएको थियो । नेपाली स्याटेलाइटको लन्चिङ खर्च चाहिँ ४० लाख रुपैयाँ लागेको जनाइएको छ ।

स्यानोस्याट-वान अन्तरीक्षमा पठाइएको दोस्रो र नेपालमै निर्मित पहिलो भू-उपग्रह हो । यसअघि नेपाली युवा बैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको नेपालीस्याट-१ नेपाली भू-उपग्रह अन्तरीक्षमा ८४१ दिन रहेर खसेको थियो । स्पेसएक्सले यसरी लाइभ गरेको थियो :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर