नेपाल विद्युत प्राधिकरण सुपरभाइजर पहाडी एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ – Nepal Press

नेपाल विद्युत प्राधिकरण सुपरभाइजर पहाडी एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । नेपाल बिद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा अन्तरगत सव–स्टेसन पाटन, ललितपुरमा कार्यरत सव–स्टेसन प्रमुख (सुपरभाइजर) सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका छन् ।

प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग उक्त रकम घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पहाडीलाई  पक्राउ गरेकाे हाे ।

सेवाग्राहीबाट एक लाख ४० हजार घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरबाटै उनलाइ  नियन्त्रणमा लिएको आयोगको प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद रिसालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *