मेडिकल कलेजको शुल्क विवादबारे शिक्षा मन्त्रीले बोलाए सर्वपक्षीय बैठक – Nepal Press

मेडिकल कलेजको शुल्क विवादबारे शिक्षा मन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं । मेडिकल कलेजको शुल्क विवादबारे छलफल गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले सर्वपक्षीय बैठक बोलाएका छन् ।

मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।

मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काका अनुसार भोलि बिहान ११ बजे सर्व पक्षीय बैठक बोलाएका हुन् ।

बैठकमा कलेज संचालक, विद्यार्थी, विश्वविद्यालयका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी र अभिभावकलाई बोलाइएको छ ।

विराटनगरको नोवेल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मोडेल कलेज र पोखराको मणिपाल कलेजमा विद्यार्थीले महंगो शुल्कविरुद्ध रिले अनसन गरिरहेका छन् ।

यसविरुद्ध सत्तारुढ गठबन्धन सम्वद्ध विद्यार्थी संगठन पनि आन्दोलित छन् ।

शुल्क विवादबारे अनुगमन गर्न शिक्षा मन्त्री पौडेल केहीदिनअघि काडमाडौं मेडिकल कलेजमा अनुमगन गर्न पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *